प्रियंकासँग निकको विवाह

निकले भने, ‘ प्रियंकासँग घरजम गर्न चाहन्छु’

बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोनससँग उनको सम्बन्धका बारेमा अहिले चर्चामा छिन् । प्रियंका र निक केही समयदेखि एकसाथ देखिएका छन् । तर जब उनको सम्बन्धका बारेमा प्रियंकासँग प्रश्न गरिन्छ तब उनी आक्रोसमा आउँछिन् ।

पछिल्लो पटक एउटा पत्रकार सम्मेलनमा यो विषयमा प्रश्न सोध्ने पत्रकारहरुलाइ उनले हप्काएको शैलीमा जवाफ दिएकी थिइन् ।

‘म कुनै चुनाव लडिरहेकी छैन, यो मेरो व्यक्तिगत जिन्दगीको कुरा हो र म यसबारेमा कसैलाइ जवाफ दिन जरुरी ठान्दैन ।’ प्रियंकाले भनेकी थिइन् ।

तर प्रियंकाले यस्तो बताएपनि निकले भने यसबारेमा सकारात्मक जवाफ दिएका छन् । विभिन्न सञ्चार माध्यमहरुका अनुसार एक पत्रकारले निकलाई प्रियंकासँगको विवाहको बारेमा शुभकामना दिदा उनले शुभकामनाका लागि धेरै धन्यवाद भनेका छन् । यसलाइ उनले प्रियंकासँगको विवाहका लागि अप्रत्यक्ष सहमति मानिएको छ ।

 

निकले पत्रकारसँग कुराकानी गर्दै भने, ‘म अब छिट्टै आफ्नो घरजम बसाउन चाहन्छु, आफ्नो बेग्लै परिवार बनाउने मेरो चाहना छ ।’
यद्यपी निकले यो सबै कुरा बताइरहँदा विवाहका मितिको सहि समय भने भन्न नसक्ने बताए ।

 

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्