बानेश्‍वरको होस्टलमा चरम लापरबाही, अनुगमनमा भेटियो गाँजा र तास

काठमाडौं- बानेश्वर क्षेत्रका होस्टलमा केही दिनयता स्थानीय प्रहरीको नेतृत्वमा अनुगमन तीव्र छ।

होस्टलमा चरम लापरबाही हुने गरेको,सन्चालकले वास्ता नगर्ने गरेको, विधार्थीले अवैध क्रियाकलाप गर्ने गरेको,राति होहल्ला गर्ने गरेको लगायत गुनासा लगातार आएपछि बानेश्वर प्रहरी वृतले होस्टल एसोसिएसन,स्थानीय जनप्रतिनिधी,टोल सुधार समिती लगायतका प्रतिनिधीसहित होस्टलको अनुगमन गरिरहेको छ

बुधबारदेखि सुरु भएको अनुगमन हालसम्म तीन दर्जनभन्दा बढी होस्टलमा गरिएको बानेश्वर प्रहरी वृत प्रमुख डीएसपी गोविन्दराज काफ्लेले भने। ‘मेरो क्षेत्रमा मात्र तीन सय भन्दा बढी होस्टल रहेको जानकारी छ। हामीले पहिलो चरणमा सचेत गराएर छाडिरहेका छौं’, काफ्लेले भने।

होस्टल सन्चालकले त्यहाँ बस्ने विर्धार्थीका ब्यवहारलाई नियमित अनुगमन नगर्ने, छाडा छाडिदिने, सुरक्षा ब्यवस्थामा पनि ध्यान नदिने लगायत आरोपहरु खेप्ने गरेका छन्। ‘होस्टलमा लागु औषध दुर्व्यसनीदेखि जुवा तास समेत खेल्ने गरेको पाइयो’,काफ्ले भन्छन्।

आफ्नो क्षेत्रका सबै होस्टलमा अनुगमनलाई निरन्तरता दिईने उनले बताए। कोठा भाडामा लिएर बस्न नचाहनेहरुका लागि होस्टल पछिल्लो समय निकै आकर्षण बनेको छ।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्