आत्महत्यामा सजाय! ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना

काठमाडौं- यदि कसैको कारणले आत्महत्या भएको प्रमाणित भए त्यस्ता व्यक्तिलाई अब ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म  जरिवाना हुने छ।

भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता एेनमा उल्लेख छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन। त्यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने छ।’

नेपालमा अहिले कसैले आत्महत्या गरेको पुष्टि भए कसैलाई सजाय हुँदैन।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्