फोटो फिचर

चोभारबाट दृश्‍यावलोकन, भेटघाट र डाइभिङको मज्‍जा

काठमाडौं- काठमाडौं उपत्‍यकाको रमणीय र पर्यटीकय स्थल चोभार वर्षा सिजनमा झनै मनमोहक बन्‍दै गएको छ। कीर्तिपुर नगरपालिकामा पर्ने चोभारमा घुम्‍नको लागि मानिसहरु आउने गरेका छन्।

वर्षा याममा यहाँका तलाउ र पोखरीहरु जलमग्‍न भएका छन् भने वरपरका बालबालिकाहरुको स्विमिङ स्पट बनेको छ यतिबेला। उनीहरु फुर्सदको समयमा यहाँ आएर स्विमिङको मज्जा लिने गर्छन्।

यसका साथै प्रेमिल जोडीहरु यहाँ घुम्‍न  र आपसमा भेटघाट गर्न आउने गर्छन् भने चोभार डाडाँबाट हिमालको दृश्‍यावलोकन गर्न मन पराउँछन्।

यस्तै एसियाकै लामो गुफामध्येको एक मञ्जुश्री गुफा छ यहीँ पर्छ। चोभार क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न समेत सकिने भएकाले मानिसहरु बाह्रै मास यहाँ आइरहन्छन्।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठ चोभारको तलाउमा डाइभिङ, डाँडाँमा रमाइरहेका दृश्यहरुलाई यसरी आफ्‍नो क्‍यामेरा कैद गरेका छन्।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्