बिरामी बालकलाई बचाउन ४७ हजार रुपैयाँ सहयोग

बिरामी बालकका आमाबुबा शक्ति विश्वकर्मा र सीता विश्वकर्मालाई सहयोग रकम हस्तान्तरण गर्दै अजितकुमार भट्टराई। तस्बिर: देशसञ्चार

काठमाडौँ- प्यूठान नगरपालिका-८ खप्रेङखोलाका नौ महिने शिशु प्रकाश विश्वकर्माको उपचारमा सहयोग गर्न सहृदयीहरुले ४७ हजार रुपैयाँ सहयोग गरेका छन्।

घाउले उनको शरीर पूरै ढाकेको थियो। तर, कान्ति अस्पतालमा ल्याएर उपचार गरेपछि अहिले उनको स्वास्थ्यमा सुुधार आएको छ।

उनको बारेमा समाचार प्रकाशित भएपछि सहृदयीहरुले उनको उपचारमा सहयोग पुर्‍याएका हुन्।

सहयोगी अजितकुमार भट्टराईले ४७ हजार २ सय रुपैयाँ सहयोगस्वरुप ती बालकका बुबा शक्ति विश्वकर्मा र सीता विश्वकर्मालाई हस्तान्तरण गरेका थिए। नेपाल र अष्ट्रेलियाबाट संकलित रकम ती बालकका बुबाअामालाई हस्तान्तरण गरिएको हो। अष्ट्रेलियाबाट अनिल लामिछानेले सहृदयीहरुसँग रकम संकलन गरेका थिए।

कान्ति अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएका ती बालकलाई लिएर उनका बुबाआमा शुक्रबार प्युठान फर्केका छन्।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्