शंखरापुरमा गाँजा फाडियो

काठमाडौं : शंखरापुर नगरपालिका वडा नम्बर ३ मा अदृश्य रुपमा लगाइएको गाँजा फडानी गरिएको छ ।

शुक्रबार प्रहरी, कालिका शरण उच्च माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थी, विभिन्न संघ संस्था र स्थानीय बासिन्दाले गाँजाको फडानी गरेका हुन् ।

त्यस क्षेत्रमा बारीमा मकैसँगै गाँजा खेती गर्नेक्रम बढेपछि प्रहरीको सहयोगमा फडानी गरिएको नवजहरसिङ पौवा युवा क्लबका अध्यक्ष किरण तामाङले जानकारी दिए ।

तस्बिर : किरण तामाङको फेसबुकबाट

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्