कैलाली बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा विप्लव विद्यार्थीको ताला

धनगढी- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कैलाली बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको छ।

कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस नबनाएको भन्दै अनेरास्ववियु क्रािन्तकारीले क्याम्पस प्रमुख पदमराज जोशीको कार्यकक्षमा शुक्रवार ताला लगाएको हो।

क्रान्तिकारीले साउन १५ गते क्यापसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन भन्दै १० दिने अल्टिमेटम दिएको थियो।

सो मागको वेवास्था गरिएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला अध्यक्ष बबरजग सिहले बताए।

बल प्रयोग गरि ताला तोडिएमा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवारी स्वयस क्याम्पस प्रशासनले लिनुपर्ने पनि क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्