स्टील आयातमा लाग्ने शुल्क दोब्बर

टर्कीबारे ट्रम्प : अहिले सम्बन्ध राम्रो छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि स्टिलको आयातमा लाग्दै आएको सीमाशुल्क दोब्बर पारेका छन् ।

टर्कीको मुद्रा लिरा निकै कमजोर भएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीबाट आयात हुने स्टिलमा लाग्दै आएको सीमाशुल्क दोब्बर पार्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत भनेका छन्, ‘टर्कीको मुद्रा हाम्रो बलियो डलरको तुलनामा निकै कमजोर भएको छ र टर्कीसँग अहिले हाम्रो सम्बन्ध राम्रो पनि छैन ।’

टर्कीका राष्ट्रपति रिसेप तयेप एर्डोगानले अमेरिकाको पछिल्लो निर्णय अन्तर्राष्ट्रिय शक्तिको प्रभाव र अभियानका कारण भएको आरोप लगाएका छन् । टर्कीले अमेरिकाको कमदमको जवाफ दिने चेतावनी दिएको छ ।

टर्कीको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर यस्ता कमदले सम्बन्ध बिगार्ने तथा सहकार्य ध्वस्त पार्ने चेतावनी दिएको छ । अमेरिका र टर्की नेटोमा छन् र उनीहरु एकअर्काका सहयोगीका रुपमा पनि रहँदै आएका छन् ।

तर इस्लामिक स्टेट, आइएसविरुद्धको कारबाही अभियानको तरिका यस्तै रुससँगको सम्बन्धसहितका विषयमा दुई देशबिच एकमत छैन ।

साउन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्