प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे डा. गोविन्द केसी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच शनिबार भेटवार्ता हुँदैछ । वार्ताका लागि डा. गोविन्द केसी प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

चिकित्सा शिक्षा विधेयकमा भएको तोडमोडको विरोधमा डा. केसी २७ दिनसम्म अनशन बसेका थिए । सरकारसँग सम्झौता भएपछि साउन १० गते अनशन तोडेका थिए ।

तर सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएको डा. केसीको आरोप छ । यहिबिचमा प्रधानमन्त्रीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

साउन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्