फोटो फिचर

नेपाल यातायातको लास्ट सिटमा बसेर डा. केसी पुगे बालुवाटार

प्रधानमन्त्री–डा. केसी भेट

काठमाडौँ – डा. गोविन्द केसी, यो नामसँग अनशन लगभग प्राय बनेको छ । १६ दिन अगाडि डा. केसीले आफ्नो सबैभन्दा लामो २७ दिने अनशन तोडेका थिए ।

चिकित्सा शिक्षा विधेयकमा गरिएको तोडमोडको विरोधमा जुम्लाबाट सुरु भएको यसपटकको डा. केसीको अनशन काठमाडौँमा आएर तोडियो । बिचमा विभिन्न पक्षले उनको समर्थनमा आन्दोलन गरे ।

सरकारले उनका मागमा आलटाल गर्‍यो, टिमल्न खोज्यो तर उनले आफ्नो माग छोडेनन् । अन्ततः सम्झौता भयो र अनशन तोडे । केही दिन अस्पतालमा उपचार गराएपछि उनी तन्दुरुस्त भएर घर फर्किए अनि काममा पनि ।

तर सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा उदासिनता देखाउँदा उनको मन कुँडिएको छ । यहि कुँडिएको मन र केही आशको सपना लिएर शनिबार डा. केसी देशको प्रशासकीय निकायको केन्द्र अर्थात कार्यकारी प्रमुखको निवास बालुवाटार पुगेका छन् ।

बालुवाटारमा बस्ने र त्यहाँ धाउनेहरु प्राय चिल्ला गाडीमा पुग्छन् । सार्वजनिक बसमा धक्का खाँदै बालुवाटारमा आफ्नो दुःखको पोको बिसाउन पुग्नेका लागि त्यति सजिलो छैन । तर डा. केसीले प्रधानमन्त्री निवास बालुवाटार पुग्नका लागि सर्वसधारण नागरिकले झैँ भिडम्भाड बसकै यात्रा रोजेका छन् ।

डा. केसी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि नेपाल यातायातको बस चढेर बालुवाटार पुगेका हुन् । उनी बसको लास्ट सिटमा बसे, भाडा तिर्न पैसा मिलाए अनि ओर्लिँदै गर्दा भाडा दिए अनि केही पल्तिर ओरालेकाले केही बेर हिँडेर बालुवाटार छिरे ।

बालुवाटार उनका केही सहयोगी र झोला थियो । डा. केसी बिहान सवा ११ बजेतिर त्रिवि शिक्षण अस्पताल अगाडिबाट बस चढेर बालुवाटार पुगेका हुन् ।