दलाई लामाले भने, भाषा र संस्कृति जोगिए हामी चीनको भाग बन्न तयार छौँ

तिब्बती आध्यात्मिक नेता दलाई लामाले तिब्बतीहरुलाई भाषा र संस्कृति जोगाउने अनुमति दिइए चीनको भाग बन्न तयार रहेको बताएका छन्।

धन्यवाद कर्नाटक समारोहमा शुक्रबार बोल्दै दलाई लामाले भने तिब्बती मुद्दा कहिल्यै मर्दैन। सधैँ रहन्छ। हामीले स्वतन्त्रता चाहेको होइन। हामी चिनियाँ जनगणतन्त्र रहन प्रतिबद्ध छौँ तर हामीलाई हाम्रो भाषा र संस्कृति जोगाउन अधिकार दिनुपर्छ।’

दलाई लामाले पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र भारतलाई तिब्बती शरणार्थीहरुलाई आश्रय दिएकामा धन्यवाद दिए। उनले तिब्बतीहरुलाई असाधारण सहयोग गरेको भन्दै कर्नाटक सरकारलाई पनि धन्यवाद दिए।

उक्त कार्यक्रम ‘केन्द्रीय तिब्बती प्रशासन’ले गरेको थियो। तिब्बत चीनमा मिसिएपछि सन् १९५० मा हजारौँ चिनियाँ  भारत पसेका थिए।

सन् २०१८ लाई विश्वभरि बसेका चिनियाँहरुले ‘धन्यवाद भारत’ वर्षका रुपमा मनाइरहेका छन्।

साउन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्