समाचार प्रभाव

जीनका राेगी बिशेषलाई बचाउन अभियान सुरु

बिशेषको मामा घर लमही नगरपालिका ६ देउपुरमा पुगेर सहयोग रकम हस्तान्तरण गर्दै । तस्विरः दशरथ घिमिरे/देश सञ्चार ।

दाङ–आर्थिक अवस्था कमजोर भएकै कारण उपचार खर्चकाे समस्यामा परेका बालक बचाउने अभियान सुरु भएकाे छ। देश सञ्चारमा गरिबको उपचार भगवान भरोसा शिर्षकमा समाचार प्रकाशित भएपछि बिशेष बेलवासे बचाउ अभियान सुरु भएकाे हाे । जीन समस्याबाट पीडित बनेका बेलवासेको उपचारको लागि संकलन भएको ६२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

होटल व्यवसायी समिति एकाइ लमहीका सचिव नारायण भुसाललको पहलमा संकलन भएको रकम शनिबार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलवासे, नेकपाका नेता बिरबहादुर केसी, न्यायिक समितिका सदस्य कृष्ण घिमिरेले संयुक्त रुपमा बिरामी बालकलाई प्रदान गरे ।

नगरपालिकाले विशेषको उपचारको लागि पाँच हजार रुपैयाँ सहयोग गरेको छ । नेपालमा उपचार सम्भव नभएपछि भारतमा उपचारको लागि लैजानु पर्ने र ५० देखि ६० लाख भारु लाग्ने भएपछि बिशेष बचाउ अभियान सुरु भएको हो ।

साउन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्