बार्सिलोनासँगको खेल नखेल्ने सेभिल्लाको चेतावनी

सेभिल्लाले बार्सिलोनासँगको खेल नखेल्ने चेतावनी दिएको छ । बार्सिलोना र सेभिल्लाबिच स्पेनिस सुपर कपको उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुँदैछ ।

कुनै पनि टिमले युरोप भन्दा बाहिरका तीन भन्दा धेरै खेलाडी समावेश गर्न नपाउनने परम्परा रहँदै आएको छ । तर बार्सिलोनाले नियम तोड्न लागेको छ ।

सेभिल्लाले बार्सिलोनाले तीन भन्दा धेरै युरोपियन खेलाडी टिममा समावेश गरेमा आफूहरुले प्रतिस्पर्धाबाट हात झिक्ने बताएको छ । स्पेनिस फुटबल फेडेरेशनले शनिबार खेलका लागि युरोप बाहिरका खेलाडीमा कुनै बन्देज नरहेको घोषणा गरेको थियो ।

तर ला लिगाको खेलमा तीन खेलाडी मात्रै युरोप भन्दा बाहिरको प्रयोग गर्न पाउने व्यवस्था रहेको छ। स्पेनिस सुपर कपमा पनि ला लिगामा जस्तै नियम लागु हुने विश्वास थियो ।

तर स्पेनिस फुटबल फेडेरेशनले बन्देज नरहेको बतायो । सेभिल्लाले भने बार्सिलोनाको टिममा धेरै युरोप बाहिरका खेलाडी भएमा प्रतिस्पर्धाबाट बाहिरिने चेतावनी दिएको हो ।

ला लिगा च्याम्पियन र कोपा डे रे को विजेताबिच हरेक वर्ष नयाँ सिजनको केहीअघि स्पेनिस सुपर कपको उपाधिका लागि प्रतिस्पर्धा हुने गर्छ ।

गएको सिजन बार्सिलोनाले ला लिगा र कोपा डेल रे दुवैको उपाधि जितेकाले कोपा डेल रे को उपविजेता सेभिल्लाले सुपरकप खेल्न लागेको हो ।

साउन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्