टान पश्चिमाञ्चलमा भुजेल निर्वाचित

पोखरा-ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २५ औँ साधारणसभा र १५ औँ अधिवेशनबाट हरि भुजेल अध्यक्षमा बिजयी भएका छन् । उनी निकटतम प्रतिद्धन्दी भोज कुमार श्रेष्ठसँँग ११ मतान्तरले बिजयी भए ।

बिजयी भएसँगै देश सञ्चार सँग कुराकानी गर्दै भुजेलले पदमार्गमा देखिएका विभिन्न समस्याको समाधानकालागि पहल गर्ने, पर्यटकीय गन्तब्यकालागि पुराना पदमार्गको संरक्षण र नयाँ पदमार्गको पहिचानमा जोड दिने बताए ।

उनले विशेष गरी पर्यटकसँग विभिन्न ठाउँमा लिइने अतिरिक्त कर शुल्कलाई एकद्धार प्रणालीबाट लिएर पर्यटनमैत्री वातावरण निर्माणकालागि आफू नेतृत्वको कार्यसमितिले पहल गर्न बताए ।

त्यसै गरी प्रथम उपाध्यक्षमा शुसिल पौडेल, द्धितीय उपाध्यक्षमा धर्म पन्थी , सचिव पदमा जीवनराम सापकोटा र कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य, सहसचिबमा उदय सुबेदी बिजयी भएका भएका छन् ।

सदस्यहरुमा प्रकाश बस्ताकोटी , विश्वहाङ राई, राधिका पौडेल, कालीबहादुर नेमाङ, विकास गुरुङ र रेशम अधिकारी विजयी भएका छन् ।

साउन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्