
एजेन्सी- अमेरिकी अन्तरिक्ष निकाय, नासाको ‘मिसन टु टस द सन’ अथार्त सूर्यको नजिकै पुगेर त्यसको अध्ययन गर्ने अभियान अन्तर्गत आइतबार
पर्कर सोलार प्रोब नामक स्याटालाइट पठाएको छ।
नासाले पृथ्वीबाट अमेरिकाको केप कानाभेर, फ्लोरिडाबाट स्थानीय समय ७ बजेु ३१ मिनेटमा उक्त स्याटालाइट पठाएको हो। स्याटालाइट पठाएपछि नासाका वैज्ञानिकहरुमा खुसी छाएको छ।
#NASA’s Parker #SolarProbe lights up the sky as it sets off on its epic mission to the Sun pic.twitter.com/i0F1SdsHQd
— James Rogers (@jamesjrogers) August 12, 2018
उनीहरुले नासाको यो काम प्रशंसनीय भएको बताएका छन्। सन १९८५मा पहिलो पटक सोलार वाइन्टमा यात्रा गरेका ९१ वर्षीया एस्ट्रोलोजिस्ट इयूजिनी पार्करले खुसी भाव व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘ आहा! हामी यहाँ छौ। आउँदा धेरै वर्षहरुमा हामीले धेरै कुराह सिक्न पाउनेछौ। हाम्रो खोज अझ विस्तार हुने छ र सूर्यको व्यवहार र त्यसमा लुकेर रहेका रहस्यबारे थाहा पाउनेछौ थोरे भए पनि।’
उक्त रकेटको लागत एक अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको छ। पार्कर सूर्यको बाहिरी वायुमण्डल वा कोरोनासम्म पुग्नेछ । यो स्याटेलाइटले रहस्यको रुपमा रहेको सूर्यका केही विशेषता बारे जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।
तीव्र गतिमा निर्माण भएको पार्कर स्याटेलाइटले प्रतिघण्टा ४ लाख ३० हजार माइल दूरी तय गर्न सक्नेछ। अबको सात वर्षभित्र यो सूर्यको बाहिरी क्षेत्रमा पुग्नेछ । सूर्य पृथ्वीबाट ९३ मिलियन माइल पर रहेको छ।
नासाले स्थानिय समय अनुसार आइतबार बिहान फ्लोरिडामा रहेको केप कानाभेलारबाट स्याटेलाइट पठाउने छ। पार्करले यो सबै दूरी पार गर्ने नभएर सूर्यको निकै नजिक पुग्ने हो।
पार्करले १००० डिग्री सेल्सियस भन्दामाथिको तापक्रम सहन गर्न सक्छ । पार्करले सोलार विण्डका बारेमा विशेष अध्ययन गर्ने नासाले जनाएको छ।