नेइमारको गोल, बुफोनको डेब्यु

फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा च्याम्पियन पेरिस सेन्ट–जर्मेन, पिएसजीले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार राति पिएसजीले काँलाई ३–० ले हराएको हो ।

पिएसजीको जितमा स्टार खेलाडी नेइमार, एड्रिएन राबिओट र टिमोथी वेएहले गोल गरे । विश्वका महंगा ब्राजिलियन फुटबलर नेइमारले १० औँ मिनेटमा नै गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए ।

३५ औँ मिनेटमा राबिओटले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे । घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि अन्तिम मिनेटमा वेएहले गोल गरे र टिम ३–० ले विजयी भयो ।

पिएसजी विश्वकप विजेता र रुस विश्वकपमा चम्किएका फ्रान्सेली स्टार केलियन एमबाप्पे बिना खेलेको थियो । यो खेलबाट इटालियन गोलरक्षक जियान लुइजी बुफोनले पिएसजीमा डेब्यु गरे । ४० वर्षको उमेरमा पनि उनी शीर्ष क्लबमा रहेका छन् ।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्