रुपाको रौतारको ‘हिम्मत भाकी छोरी’

काठमाडौँ– गायिका रुपा रौतारको ‘हिम्मत भाकी छोरी’ गीत सार्वजनिक भएको छ। वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र संगीतकार सुरेश सेन्चुरी लगायतले रौतारको एकल स्वर भएको एल्बम विमोचन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि हरिवशं आचार्यले रुपाको बारेमा बुझेर गीत सुन्दा र हेर्दा झनै भावुक भएको प्रतिक्रिया दिए। उनले भने, ‘रुपा बहिनिको स्वरले मन छुन्छ। गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाको जीवन बोल्छ । उँहाको हात त छैन तर त्यसलाई गलाले अगाडी बढाउनेछ जस्तो लाग्छ ।

एल्बममा ६ ओटा गीत छन्। गीतहरुमा सरला गह , तेज प्रसाद पाण्डे , रोजिना थापा , डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ । कार्यक्रममा निर्माण भएको दुई गीतको भिडियो पनि देखाइएको थियो भने मेरी आमा बोलको गीतलाई रुपाले लाइभ गाएकी थिइन् । उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए ।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्