स्याङजा र तनहुँका दुई युवा मृत फेला

कास्की-स्याङ्जा जिल्लास्थित पश्चिम आँधिखोलाको किनारमा सोही ठाउँ बस्ने वर्ष ३६ को प्रकाश बगाले मृत अवस्थामा फेला परेका छन्।

उनको शब स्याङजाको वालिङ नगरपालिका ८ जैसि पधेरा स्थित सुकौलि जाने पक्कि पुलको नजिकै फेला परेको हो।

बगालेको शब भेटिएको स्थानमा सुजुकी कम्पनिको १६० सि सि अन टेस्ट मोटरसाईकल ,हेल्मेट ,चाबी,१ जोर राइनो चप्पल ,खालि चुरोटको बट्टा फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै तनहुँमा बेहोस अवस्थामा भेटिएका चितवन भरतपुर महानगरपालीका ११ पोखरीचोक बस्ने सुभाष बोगटीको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ३० वर्षीय बोगटी तनहुँ देबघाट-५ स्थित कालिगण्डकी रिभरसाईड रेष्टुरेण्ट एण्ड लजमा ४ जना साथीहरुसंगै बोलबम मेलाको लागी बास बसेको र सोमबार बिहान २ जना उठेर नुहाउन गएका थिए।

दुवै जना नदि किनारमा सुतिरहेको अबस्थामा भेटिएपछी उनीहरुलाई उपचारको लागी चितवन मेडीकल कलेज भरतपुर पठाए लगत्तै बोगटीलाई अस्पतालले मृत घोषणा गरेको थियो।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको गण्डकी प्रादेशिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्