बीबीए र बीआईको नतिजा गडबड निकालको भन्‍दै विद्यार्थीले थुने कर्मचारी

पोखरा- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयका कर्मचारीलाई विद्यार्थीले सोमबार दिनभर कार्यलयभित्रै थुनेका छन्।

व्यवस्थापन संकायमा धेरै विद्यार्थी फेल भएको र त्यसको पुन:नतिजा प्रकाशन नगरेको भन्‍दै आक्रोसित विद्यार्थीले कर्मचारीलाई थुनेका हुन।

व्यवस्थापन संकायका बीबीए र बीआईको नतिजा प्रकाशन हुँदा अनियमिता र भद्रगोल भएकाले नतिजा प्रकाशन र परीक्षा दिएको पेपर हेर्न पाउनु पर्ने माग गरे।

यस्तै विद्यार्थीको मागलाई सम्बोधन तत्काल गर्नु पर्ने विलार्थी आन्दोलनका संयोजक अनुप अधिकारीले जानकारी दिए। उनले भने, ‘
व्यवस्थापन संकायका बीबीए र बीआईको नतिजा पुन: प्रकाशन र परीक्षा दिएको पेपर हेर्न पाउनु पर्छ विद्यार्थीहरुले। यूनिभर्सिटीले जथाभावी गर्न पाउँदैन। हाम्रो भविष्‍यमाथि खेलवाड गर्ने उनीहरुलाई कुनै अधिकार छैन।’

यस विषयमा विवाद मिलाउन स्ववियू अध्यक्ष सुनिल तिमिल्सेना लगायत पदाधिकारी आए पनि उनीहरुले विद्यार्थीको मागलाई सम्बोधन नगरेका आन्दोलन समितिका नेता फिरोज सुवेदीले आरोप लगाएका छन्।

यस सम्बन्धमा रि-चेकिङ्गको म्याद विद्यार्थीहरुको आग्रह अनुसार थप्न सकिने तर वार्ता र संवाद मार्फत आउन व्यवस्थापन संकायका डिन हरि वहादुर खड्काले जानकारी दिए।

विद्यार्थीले माग गरे अनुसार उत्तर पुस्तिका हेर्ने व्यवस्था र निमय विश्वविद्यालयमा नभएको हुँदा र विद्यार्थीलाई मर्का परेको भए परिक्षा समितीमा छलफल गरेर मिलाउने परिक्षा नियन्त्रक भरतराम ढुंगानाले जानकारी दिए। उनले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो चित्त नवुझेको कुरा लिखित रुपम प्रस्तुत गर्न आग्रह गरेका छन्।

सोमवार दिनभर नै पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय भित्र रहेका करिव ४० जना कर्मचारीलाई भित्र नै राखी विद्यार्थीले बाहिरवाट तालाबन्दी गरेका विद्यार्थीले दिउँसो ४ बजे छोडेका थिए।

साउन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्