दाङ – नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव दाङसहितका प्रदेश ५ का जिल्ला केही परेको छ ।

दाङको लमहीमा नेपाली सेनाले गस्ती गरेको छ । सेनाले यो गस्ती नियमित भएको बताएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई स्कटिङ्ग गरेर गन्तव्यमा पुर्‍याइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा स्कटिङ्ग गरेका हुन् । बजार खुलेका छैनन् । शिक्षण संस्थ पनि बन्द छन् । बिहानैदेखि जनजीवन केही प्रभावित भएको छ ।

साउन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्