विप्लवका नगर इन्चार्ज पक्राउ

साङ्केतिक तस्बिर

धनगढी – कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सुख्खड बजारबाट प्रहरीले पक्राउ गरेको छ ।

सो पार्टीका घोडाघोडी नगर प्रमुख ओलीलाई सुख्खड बजारमा बन्द गराउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उक्त पार्टीले आह्वान गरेको बन्दका कारण कैलालीमा यातायात, उद्योग व्यवसाय र शैक्षिक संस्था ठप्प रही जनजीवन प्रभावित बनेको छ।

साउन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्