‘लवरात्री’ को पहिलो गीत रिलीज, सलमानले भने- ‘डान्स तो बनता है बोस’

सलमलान खानकी बहिनी अर्पिताका पति आयुष शर्मा, चलचित्र ‘लवरात्री’ का साथ बलिउडमा डेब्यू गरिरहेका छन् । उक्त चलत्रित्रको पहिलो गीत सार्वजनिक भएको छ ।
सलमान खानले ट्वीट गरेर यो गीत सार्वजनिक गर्दै गीतमा पक्कै पनि नाच्न पाइने कुरा उल्लेख गरेका छन् ।
Dudes keep your dandiya’s ready kyunki iss Gane pe dance toh Banta Hai boss. Enjoy….. #Loveratri‘s #Chogada! @aaysharma & @Warina_Hussain, mazaa aa gaya! https://t.co/yffxxSUo6z@SKFilmsOfficial @abhiraj21288 @DarshanRavalDZ @Tseries @DJ_Chetas #DJlijo
— Salman Khan (@BeingSalmanKhan) August 14, 2018
यो गीतलाई दर्शन रावल र असीस कौरले गाएका हुन् र शब्द दर्शन रावलकै हो । यो चलचित्र सलमान खान प्रोडक्सनले तयार पारेको हो ।
चलचित्रमा अभिराज मीनावालाले निर्देशन गरेका छन् । चलचित्रको ट्रेलर केहि समयअघि रिलिज भएको थियो ।
आयुषको चलचित्रको कहानी गुजराती रहन सहनमा आधारित छ । चलचित्रमा उनले गुजराती नृत्य ‘गरबा’ सिकाउने एक शिक्षकको भूमिका निर्बाह गरेका छन् ।
आयुष र वरीना हुसैनको लभ स्टोरी ‘लवरात्री’ आगामी नवरात्रिमा देखाउने योजना बनेको छ । आयुषले हालै एक अन्तरवार्तामा सलमान खानसँग ४ वर्षसम्म तालीम लिएको बताएका थिए ।