यो वर्षका तीज गीतहरु, कोरियन साडीको डिमाण्डदेखि लौरो हराएको गुनासो

फाइल तस्बिर

काठमाडौँ– ‘तीजको रहर आयो बरी लै, तीजको रहर आयो बरी लै!’

तीज भन्ने बित्तिकै सबैको मन मष्तिस्कमा छाउने गीत हो यो। ‘कन्यादान’ चलचित्रको यो गीत गीतकार चेतन कार्कीले लेखेँका हुन्। दुई दशक अगाडि आएको यो गीत अहिलेसम्म पनि लोकप्रिय छ। त्यतिबेलाका गीतले विवाह पनि श्रीमानको घरमा पाएको दुख, माइतीको सम्झना, आमाको मायाको सम्झना, सासूले गरेको हेला, परिवारको टोकसो समेटेर गीत बन्थे।

अहिले समय परिवेश फेरिएको छ। साउँन लाग्ने बित्तिकै र कहिलेकाँहि त्यो भन्दा अगाडि नै तीजका गीतहरु बजारमा आउन थालेका छन्। गीतको शब्द र प्रस्तुतिको शैली पनि फरक भएका छन्। अहिले व्यापारिक हिसाबमा गीत बन्ने भएकोले यसलाई कसरी सबैभन्दा धेरै हेराउने भन्ने बारेमा सर्जकको ध्यान केन्द्रित भएको पाइन्छ।

त्यसका लागि राम्रो नाच्ने मोडलहरु छनौट गर्ने, राम्रो लोकेशन, मेकअप गर्ने गरिन्छ। भनिन्छ, हरेक वर्ष तीजको अवसरमा ३ करोड भन्दा बढी गीतमा लगानी हुन्छन्। गीतहरु केही उछृङ्खल भएको पनि बेलाबेलामा गुनासो पनि आइरहन्छ, तर पनि हरेक वर्ष तिज गीत भने आउँन सकेका छोडेका छैनन्। हामीले यो वर्ष आएका केहि तीज गीतलाई यहाँ समेटेका छौँ।

‘यसपालि तिजमा कोरियन साडी लर्काउँदै नाँचिन्छ, जे परे पर्ला माइतीको आँगन थर्काउँदै नाँचिन्छ।’ गायिका इन्दिरा गैरे गीतमा भन्दैछिन्, ‘नाँचिन्छ कम्मरै भाचिन्छ, अर्को तीजमा मरिन्छ बाँचिन्छ।’ उनलाई दोहोरी गायक खुमन अधिकारीले साथ दिएका छन्। हुन त तीज महिलाले फरक पहिरनमा सजिने पर्वको रुपमा पनि हेरिन्छ। तीजमा उनीहरु आफ्नो रहरका कपडा गरगहना बनाउने रहर समेटेको गीत पनि गाउँछन्। यो गीतलाई ५ लाख ३२ हजार भन्दा धेरै मानिसले हेरिसकेका छन्।

कृष्ण सुवेदी र मालती रानाले ‘तिरीरि मुरली बज्यो कहाँ बज्यो थाहा छैन, मायालुसँग भेट भैयो आज, छोड्नै मन ला छैन।’ भन्ने तीज गीत गत जुलाईमा सार्वजनिक गरेका थिए। यो गीतलाई युट्युबमा तीन लाख १६ हजार भन्दा धेरै मानिसले हेरिसकेका छन्।

यो वर्ष युट्युबमा धेरै हेरिएको गीतमा पशुपति शर्माले स्वर दिएका गीत अगाडि आएका छन्। केहि वर्षयता लोक दोहोरी गायक पशुपति शर्मा लोक दोहोरी गीतमा एकदमै रुचाइएका गायकका रुपमा स्थापित छन्। उनले अभिनय गरेको र स्वर दिएको गीत ‘यहि हो मायालाई’ झण्डै १२ लाख पटक हेरिएको छ। यो गीतको शब्द र लय पशुपति आफैले गरेका हुन्। सम्झना भण्डारीसँग उनले कम्मर पनि मर्काएका छन्।

यस्तै देवी घर्तीमगरको जोडी बनेर गाएको ‘लौरी हरायो’ युट्युबमा हिट छ। यो गीतलाई १६ लाख ८१ हजार भन्दा धेरै पटक हेरिएको छ। गीत जुलाई ७ मा युट्युबमा राखिएको थियो।

उनको ‘किन आउँथे हाम्रा मामा’ गीत युट्युब ट्रेन्डिङमा आएको छ, यो गीत अगस्ट ११ मा रिलिज भएको थियो।

यस्तै लोकप्रिय गायिका सिन्धु मल्लले पनि यो वर्ष गीत सार्वजनिक गरेकी छन्। नायिका वर्षा राउतले अभिनय गरेको गीतको बोल ‘उनकै लागि हो’लाई पनि मन पराइएको छ। यो गीतलाई तीन लाख ३३ हजार मानिसले हेरिसेका छन्।

यस्तै यो वर्ष आफ्नो मायालु रिसाएको गुनासो पोखिएको गीत पनि सार्वजनिक भएको छ। खुमन अधिकारीको शब्द अनि लयमा गीत बनेको छ। उनलाई गायनमा देवकला बस्नेतले साथ दिएकी छिन्। ‘मायाको रिसाउने बानी, म पनि फकाउन नजान्ने।’

अनि जोश भरिएका गीतहरु पनि छन्। गायक नवराज के सी भन्दैछन्, ‘यसपालि तीजमा नचाँउछु सबको पसिना छुटाउँछुँ, शितलपुर जान्छु, तुल्सिपुर जान्छु मादलु फुटाउँछु।’ उनलाई करिश्मा बिसीले गायनमा साथ दिएकी छिन्।

 

यो वर्षको तीज गीतले तिजलाई फेसन हो की पनि भनेका छन्। अनुराग सुनार र माया बिसीले स्वर दिएको गीतको शब्द लेखक जीवन बगलेले समेटेका छन्। ‘उनले भनेका छन् तिज हो की यो फेसनको बजार, जता हेरेनी सोल्टिनी हजार।’

यस्तै धनको दुख नहुँदा पनि मनको दुख भएको कुरा यो वर्षको तीज गीतले समेटेको छ। पुजा पौडेल र चन्दा अर्यालले गाएको गीतले बहिनीलाई ‘झुट बोलेको हैन’ भन्दै मनको बह पोखेका छन्। गीतको शब्द सुमन परियारले लेखेका हुन् ।

यस्तै बुढाबुढीको गन गन चित्त दुखाईको झनक पनि तीज गीतमा पाउन सकिन्छ, सपना सापकोटाले लेखेको गीतमा माया गुरुङ् र गोविन्द चापागाईले स्वर दिएका छन्। गीतमा श्रीमतिले घरको काम नगरेको गुनासो र श्रीमतिले कामको जस नपाएको गुनासो सुन्न सकिन्छ।

घरको परिवन्दमा परेर माइति जान नपाएको व्यथा, दिदी बहिनीका माइती जाने योजना पनि छन्।

यस्तै यो वर्ष लोक दोहोरी गायिका कोमल ओलिले पशुपति शर्मासँग मिलेर गित गाएकी छन्।

साउन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्