बम पड्काएर भाग्दै गर्दा दुई जना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – कालिकोटमा बम पड्काएर भाग्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको बन्दका क्रममा सुर्खेत जुम्ला सडकखण्डमा बम पड्काएर भाग्न खोज्ने काशी दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

२३ वर्षका दर्जी विप्लव नेतृत्वको नेकपा पार्टीका सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष रहेको बोहराले जानकारी दिए ।

यस्तै जिल्ला मालपोत कार्यालय कालिकोट नजिकै पनि विप्लवका कार्यकर्ताले बम विस्फोट गराएका छन् ।

त्यहाँ पनि बम विस्फोट गराएर भाग्ने क्रममा विप्लवका कार्यकर्ता अनीपाल बिकलाई पक्राउ गरिएको प्रहरी प्रमुख बोहराले जानकारी दिए । बम विस्फोटबाट कुनै किसिमको क्षति नभएको उनले जानकारी दिए ।

साउन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्