
काठमाडौं – नेपालबाट पछिल्लो तीन वर्षमा करिब चार हजार किलो सुन तस्करी भएको खुलासा भएको छ । गृहमन्त्री रामबहादुर थापाले संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा चार हजार किलो सुन तस्करी भएको जानकारी दिएका हुन् ।
उनले सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको दाबी गरे । गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानवीनबाट पत्ता लगाइएको पनि बताए ।
३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानवीनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ । गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दाबी गरे ।
गृहमन्त्री थापाले सरकारले संघीयताअनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको जानकारी दिए । उनले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्न थालिएको जानकारी समितिलाई दिए ।
उनले काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिईरहेको जानकारी दिए ।