विप्लवको नेपाल बन्दमा बम अातंक-१४ वटा डिस्पोज, १३ वटा हल्लामात्र

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दमा १४ ठाउँमा बम  ‘डिस्पोज’ गरिएको छ भने १३ ठाउँमा राखिएको भनिएका बम ‘हल्ला’ मात्र भएको पाइएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार काठमाडौं उपत्यकामा मात्र सात ठाउँमा बम ‘डिस्पोज’ गरिएको छ। नेपाल प्रहरी र नेपाल आर्मीका प्रयासमा ती बम डिस्पोज गरिएका थिए। प्रहरीले देशभरबाट नेकपाका २६ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। यसमा तीन जना महिला पनि छन्। काठमाडौंमा दुई जना बमसहित समातिएका थिए।

प्रहरीका अनुसार काठमाडौंबाट पाँच जना र ललितपुरबाट दुई जना पक्राउ परेका छन्। प्रहरीले सोमबारसम्म नेकपाका २२ नेता तथा कार्यकर्तालाई विभिन्न मुद्धामा म्याद थपेर अनुसन्धान गरिरहेको छ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा-प्रकान्डलाई पक्राउ गरिएको विरोधमा नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो।

साउन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्