देश सञ्चार मर्निङ्ग ब्रिफिङ्ग : के के हुँदैछ आज?

काठमाडौँ – बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारले संसदमा धमाधम विधेयक पुर्‍याएपछि केही दिनदेखि संसदले विधेयक निर्माणको कामलाई तीव्रता दिँदै आएको छ ।

बुधबार उपभोक्ता संरक्षण विधेयक, निवृत्तिभरण कोष विधेयक, सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयकमाथि छलफल र संशोधन दर्ताका लागि पठाइने तयारी छ ।

त्यस्तै बुधबार संसदको प्रभावशाली मानिएको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बिहान बस्ने लेखा समितिको बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र बेजुरुबारे छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेपछि न्यायपालिकाका विषयमा विभिन्न कोणबाट आशंका प्रश्न उठिरहेको छ ।

न्यापालिकाको विषयमा संवैधानिक कानुन व्यवसायी मञ्चले दिउँसो पूर्वप्रधानन्यायधिश केदारनाथ उपाध्याय, पूर्व न्यायाधीश बलराम केसी, पूर्वसभामुखहरु दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्वांङलगायतको उपस्थितिमा छलफल हुँदैछ ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्