काठमाडौँमा मनाइयो भारतीय स्वतन्त्रता दिवस

काठमाडौँ –  काठमाडौ स्थित भारतीय दूतावासमा भारतको ७२ औँ स्वतन्त्रता दिवस मनाइएको छ।

नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पूरीले भारतको राष्ट्रिय झण्डा फहराएर स्वतन्त्रता दिवस समारोहको उद्घाटन गरे । सो क्रममा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए ।

कार्यक्रममा भारतीय सेनामा रहेर सहादत प्राप्त गरेका ३ जना मृत सैनिकका परिवार, एक वीर नारी, ७ जना एकल महिला र एक भूतपूर्व अपाङग भारतीय सेनालाई नगद राहत रकम र कम्बल वितरण गरिएको छ ।

उनीहरु सबैलाई गरेर ५ करोड ३५ लाख रकम प्रदान गरिएको हो ।

यस्तै दूतावासले ६८ वटा पुस्तकालय तथा तथा विभिन्न प्रदेशका शैक्षिक संस्थाहरुलाई १७ लाख बराबरको पुस्तक वितरण गरेको छ ।

दूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गराएको छ ।

 

भारतको ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा नेपाली सेनाको व्याण्डले मधुर प्रस्तुती देखाएको थियो ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्