देखियो प्रियंकाको इंगेजमेन्ट रिंग

पहिलो पटक देखियो प्रियंकाको इंगेजमेन्ट रिंग, रवीना टन्डनसँगको सेल्फीमा देखियो उनको औँठी । के यसपटक औँठी लुकाउन भुलिन् प्रियंका ?

डिजाइनर मनीष मल्होत्राको पार्टीमा बलिउडका धेरै कलाकारहरु देखिए । यो पार्टीमा गएका थुप्रै भारतीय कलाकारको तस्बिर सामाजिक सञ्जालमा छाएका छन् ।

पार्टीमा पुगेकी रवीना टन्डनले प्रियंका चोपडासँगको आफ्नो एक सेल्फी शेयर गरेकी छन् । दुवैको मुहार भन्दा बढी तस्बिरमा देखिएको प्रियंकाको इंगेजमेन्ट रिंग को चर्चा बढी छ ।

 

या औठीलाई प्रियंकाले पछिल्ला धेरै दिनदेखी लुकाउँदै आएकी थिईन् । त्यो औठीलाई सेल्फी तस्बिरमा मज्जाले देख्न पाइएको छ ।

Peecee and I getting our pouts in order ! 😂

A post shared by Raveena Tandon (@officialraveenatandon) on

केहीदिन पहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा प्रियंकाले मिडियाकर्मीलाई देखेपछि आफ्नो औँठी निकालेर खल्तीमा राखेको देखिएको थियो ।

 

प्रियंकाको निक जोनससँग इंगेजमेन्ट भएपछि उनले मिडियाको नजर आफ्नो औँठीमा नपरोस भनेर विशेष ख्याल राख्ने गरेकी थिईन् । तर रवीनासँगको सेल्फी खिच्ने बेला के प्रियंकाले आफ्नो औठी लुकाउन भुलिन् ? उनका समथर्कहरुबिच यो विषयमा चर्चा चलिरहेको छ ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्