छोरा र भाइको हत्या, त्यसपछि आत्महत्या प्रयास

सांकेतिक तस्बिर
रुकुम – रुकुममा एक पुरुषले छोरा र भाइको हत्या गरेका छन्।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका ३६ वर्षीय शंकर विष्टले खुकुरी प्रहार गरी ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको हत्या गरेका हुन्। शंकर मानसिक रोगी भएको प्रहरीको दाबी छ। उनी आफैले पनि आत्महत्याको प्रयास गरेका थिए।
शंकरले अन्य दुई छोरालाई समेत खुकुरी प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए। दुवै जना घाइते छन्। उनीहरुको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ।