एनआइसी एसिया र प्रभु लाईफ ईन्स्योरेन्सबिच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले प्रभु लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २ सय ३७ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरे ।

बैंकका मुलुकभर २ सय ३७ शाखा कार्यालयहरु, २ सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्