काठमाडौँ – हुन त काठमाडौँका धेरै खोलामा पानी होइन फोहोर बग्छ । तर बर्खामा भने यीनै फोहोर बग्ने खोलामा पनि बाढी उर्लेर आउँछ । अनि आसपासका बासिन्दाको जीवनमा वितण्डा मच्चाएर जान्छ ।

यस्तै भयाे धोबीखोला आसपासको घर भएका अनमानगरका बासिन्दालाई । धोबीखोला मंगलबार राति निकै उर्लेर आयो । खोलाको पानी वारीपारी रहेका घरमा पस्यो । खोलामा पानीको बहाब अहिले कम भएको छ ।

तर राति उन्मादले आएको खोलाको पानी पसेका कारण धेरैको घरमा समस्या निम्तियो । कोही बाढीको पानीले भिजाएका सामान बाहिर निकाल्न लागेका छन् भने कोही घरमा पसेको पानी बाहिर फाल्दै छन् ।

धारामा पानी आउँदैन तर वर्षभरका अधिकांश दिन पानी भन्दा फोहोर बग्ने खोलाले बर्खामा उर्लिएर दिएको दुःखको साध्य छैन ।