
काठमाडौँ– रोजगारीका लागि युरोपेली देश पोल्याण्ड पठाउने भन्दै लाखौं रकम उठाएको आशंकामा प्रहरीले पुतलीसडकको एक कन्सलटेन्सीमा छापा मारेको छ।
वैदेशिक रोजगार विभागले प्रहरीको सहयोगमा पिपुल वर्क ग्रुप कन्सल्टेन्सीमा छापा मारेको हो ।
संस्थाले रोजगारीका लागि युरोप पठाइन्छ भनेर बोर्ड राखेरै ठगीरहेको पाइएपछि छापा मारेको श्रोतले जानकारी दियो । कन्सल्टेन्सीका कागजपत्र जफत गर्ने र कम्प्युटरहरु मार्फत सुचना संकलन गर्ने काम भइरहेको छ ।
विस्तृत विवरण आउन अझै केहि समय लाग्ने जनाइएको छ ।