नक्कली नेपाली नोट बनाउने दुई भारतीय पक्राउ

साङ्केतिक तस्बिर

विर्तामोड – नेपाली नक्कली नोटको कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले प्रक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले नेपाली नक्कली नोट भारतमा बनाइ नेपाल ल्याउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम सिलिगुढीका निवासी ४० वर्षीय सतीश अग्रवाल र २४ वर्षीय हितेश अग्रवाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए।

सतीशको साथबाट एक हजारका ३३ र हितेशको साथबाट १७ थान गरी नेपाली ५० हजार रुपैयाँ नक्कली नोट फेला परेको प्रहरीको जनाएको छ ।

मेचीनगर ६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्