अफगानिस्तानमा अमेरिकी सैनिक मारिए

वासिङटन-अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जानकारी दिएको छ।

अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा परी मृत्यु भएको हो। अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

तालिबान विरुद्धको लडाईमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्