बन्‍ने भयो ‘दाल भात तरकारी’, ११ जना निर्माता

काठमाडौ- ‘शत्रु गते’ को सफलतापछि निर्माण टोलिले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ बनाउने घोषणा गरेका छन्। मह सञ्चारको व्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको औपचारिक घोषणा बुधबार गरेका छन्। चलचित्रलाई किरण केसीको छोरा सुदन केसीले गर्नेछन्।

 चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल , राजाराम पौडेल , शिशिर बाङ्ग्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मंसिर पहिलो साताबाट फिल्मको छायाँकन सुरु हुँदैछ । वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने निर्माता टोलीले बताए। फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् ।

शम्भुजित बाँस्कोटाको सँगीत रहने चलचित्रका गीत हरिवंश आफैले लेखेका छन्। फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ ।

विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने बताइएको छ। मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन्। कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन्।

साउन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्