कटरिनासँगको मनमुटावको बारेमा बोलिन आलिया

‘म कटरीनालाई मेरो फोटो लाइक गर भनेर म्यासेज पठाउँछु’ आलिया भट्ट

कलाकर्मीको केहि समय मित्रता हुनु र केहि समयमा नै दुस्मनी हुनु नौलो होइन्। कुनै बेला एकदमै मिल्ने कलाकारहरु एकै रातमा एक अर्काको कट्टर दुश्मन बन्छन्। बलिउडमा एक समय अभिनेत्री कटरिना क्याफ र आलिया भट्टको मित्रताले खबरले सञ्चारमाध्यममा निकै ठाउँ पायो। उनीहरुको मित्रता झल्किने तस्बिरले मिडियाका भित्ताहरु रंगिए पनि। उनीहरुसँगै छुट्टी मनाउन गएको, चाडपर्व मनाएको तस्बिर, भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

तर यो मित्रता धेरै समय टिक्न सकेन। केहि समयमा नै उनीहरुको मनमुटाव भएको खबर बाहिरियो, कारण थिए रणवीर कपू्र। तर यस बारेमा दुवै अभिनेत्रीले सार्वजनिक रुपमा केहि पनि प्रतिक्रिया दिएका छैनन्।

भर्खरै भएको एउटा समारोहमा आलियालाई उनीहरुको सम्बन्धको बारेमा सोधिएको थियो, ‘तिमीहरुको सम्बन्धमा केहि तनाब भईरहेको हो?’ उनले जवाफ दिइन्, ‘हैन, म कट्रीनाको एकदमै प्रिय छु। मलाई यसमा विश्वास गर्छु, मलाई थाहा छैन किन मानिस यसलाई अर्कै अर्थमा बुझ्छन्।’

रिपोर्टका अनुसार आलियाको इन्स्टाग्रामको फोटोमा कटरिनाले लाइक गरेकी छैनन्, ‘राजी’ की अभिनेत्री आलियाले भनिन्, ‘म उसलाई सन्देश पठाउँछु र मेरो तस्बिर लाइक गर भन्छु। यदि त्यो मित्रता मापनको आधार हो भने हामी सबैले एक अर्काको तस्बिर लाइक गर्न सुरु गर्छौ…… सायद मेरो तस्बिर त्यति राम्रो भएन होला, उनले लाइक गरिनन्, तर हाम्रो सम्बन्धमा कहिल्य पनि तनाब भएको छैन।

दुबै बलिउडका व्यस्त नायिका हुन्, आलिया अभिनेता वरुण धवनसँग ‘कलंक’ मा देखिदैछिन्। यो बाहेक, ‘ब्रम्हास्त्र’ मा रणवीर कपूरको अपोजिटमा उनी देखिँदैछिन्। यो बाहेक उनी ‘तख्त’ र ‘गुल्ली ब्वाई’ मा पनि अभिनय गर्दैछिन्।

यस्तै कटरिना पनि शाहरुख खानको चलचित्र ‘जेरो’ मा देखिँदैछिन्, यस्तै सलमान खानको चलचित्र भारतमा सलमान खानसँग कटरिना देखिँदैछिन्।

साउन ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्