प्रधानमन्त्री ओली र प्रचण्ड भाद्र २ गते जनकपुर आउने

जनकपुरधाम-प्रधानमन्त्रीद केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रुष्पकमल दाहाल ‘प्रचण्ड’ भाद्र २ गते जनकपुरधाम आउने भएका छन् ।
प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न जनकपुर आउन लागेका प्रधानमन्त्री ओली शहीद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन बरमझिया समेत पुग्ने बताईएको छ ।
नेकपाले जनकपुरधाममा विहीबार पत्रकार सम्मेलन गरी शहीद यादवको २४औँ स्मृतीसभामा ओली र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।
मोदीलाई स्वागत गर्न केही बेरका लागी मात्र जनकपुर पुगेका प्रधानमन्त्री ओलीको मधेस आन्दोलनपछिको यो पहिलो औपचारिक हुने छ । उनले शनिवार विहान ११ बजे प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रम ओलीले प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्ने भएपछि उनको स्वागतको तयारी पनि तिब्र गतिमा भइरहेको छ ।
प्रधानमन्त्री ओली यसअघि प्रदेश १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । सातै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने आफ्नो कार्यक्रम अनुसार उनी जनकपुर आउन लागेको बताइएको छ।
प्रदेशसभाको सम्बोधनपछि दिउँसो १ बजे नेकपा ध्यक्षद्वय ओली र प्रचण्ड बरमझियामा सम्बोधन गर्ने नेकपा नेता एवं प्रदेश समिती कार्यदलका सदस्य विश्वनाथ साहले जनाएका छन् ।
पत्रकार सम्मलेनमा नेता साहले स्मृतिसभामा २० हजार बढीको सहभागीता रहने दाबी गरेका छन् ।
प्रदेश २ मा नेकपा विभिन्न गुट तथा उपगुटमा विभाजित देखिएको पत्रकारको प्रश्नमा उनले कुनै गुट उपगुट नरहेको बताएका छन ।
उनले भने, ‘पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक हो । तर, अहिले नेकपमा कुनै गुट उपगुट छैन । हामी भदौ ५ गते भित्र प्रदेश र जिल्ला कमिटीको सदस्यहरुको बारेमा निर्णय गरी केन्द्रमा पठाउँछौँ ।’