काठमाडौँ – हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व बिहीबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।

काठमाडाैँको नक्सालमा रहेको नागपोखरीमा बिहीबार विशेष पूजा भयो । काठमाडौँका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा विशेष पूजा भएको हो ।