‘फेक इन्काउन्टर’मा आयोगको छानबिन अन्तिम चरणमा

काठमाडौं- भक्तपुरमा अपहरणपछि बालको हत्या गर्ने अपहरणकारीको ‘फेक इन्काउन्टर’ भएको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगकाे छानविन अन्तिम चरणमा पुगेको छ।

छानबिन समितीले आईतबारसम्म आयोगलाई प्रारम्भिक प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितीले बुझाएको प्रतिवेदनको अध्ययन गरी आयोगले निर्णय गर्ने आयोगका सुचना अधिकृत डा. टिकाराम पोखरेलले जानकारी दिए।

आयोगका अनुसन्धान महाशाखा प्रमुख लोकनाथ बास्तोलाले आयोगलाई प्रतिवेदन बुझाउने तयारी भईरहेको बताए। ‘हामीले फिल्डमा गएर बुझ्ने काम लगभग सकिसकेका छौं। सम्भवत आईतबारसम्म प्रतिवेदन बुझाउने छौं’,उनले भने।

११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले अजय तामाङ र गोपाल तामाङलाई सुर्यविनायकको जंगलमा इनकाउन्टर गरेका थिए। तर प्रहरीले अजय र गोपाललाई घरबाटै लगि जंगलमा पुर्‍याएर गोली ठोकेको स्थानीयको आरोप छ।

अघिल्लो साताअघि  निशानको अपहरणपछि हत्या भएको थियो। तर प्रहरीले अपहरणकारीलाई पक्रेर कानुनी कठघरामा उभ्याउन छाडेर आफैले सजाय दिएको आरोप छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त इनकाउन्टर गरेको थियो।

साउन ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्