पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन:विवादको घेरामा

पोखरा-पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन:बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन्।

गण्डकी प्रदेशको चालु अधिवेशनमा बिहिबार सुन्य र विशेस समयमा बोल्ने सांसदहरुले विभिन्न बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

प्रदेश सभा सदस्य राजिब पहारीले एयरपोर्टलाइ कति जग्गा चाहिन्छ भन्ने पहिले थाहा हुदैन ? केटा केटिले माटोको घर बनाइ खेलेको खेल जस्तै गर्दै पटक पटक स्थानीयले लाई दुख दिनु कत्तिको जायज हो भन्दै प्रश्न गरे।

कहिले ह्याँगरको बहानामा त कहिले के निहुँमा जग्गा अधिकरण गर्ने भन्दै स्थानियको घरबास उठाउने गरि पटक पटक सुचना जारि गर्नु जायज नभएको उनको भनाइ थियोे । पहारीले स्थानीयको भावनालाई सम्बोधन एयरपोर्ट निर्माणको काम अगाडि बढाउन प्रदेश सरकार मार्फत संघिय सरकारको ध्यानाकर्षण गराएका थिए ।

अर्का प्रदेश सभा सदस्य दिपक कोइरालाले स्थानीयबासीलाई अन्यायमा पार्न नहुने भन्दै समस्या को समाधान खोज्दै एयरपोर्ट निर्माणको काम अगाडि बढाउन संसदबाट प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सामाजिक परिचालकहरुको आन्दोलनमा सरकारबाट दमन भएको भन्दै प्रदेश सभामा सांसद कृष्ण चन्द्र नेपालीले आवाज उठाए नेपालीले तत्काल सामाजिक परिचालकको मागलाई सम्बोधन गर्नु पर्ने बताए ।

सुन्य तथा विशेष समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिको जानकारी दिदै पिडितहरुलाई राहात र पुनर्बासको ब्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

साउन ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्