ग्राण्डी अस्पतालद्वारा आरोपको खण्डन

दाङकी विरामी रुद्रा पुनबाट अस्पतालले पाँच पैसा पनि लिएको छैन-ग्राण्डी अस्पताल

काठमाडौं- दाङबाट ग्राण्डी अस्पताल आउन लागेकी रुद्रा पुन भन्‍ने बिरामीबाट अस्पतालले पाँच पैसा पनि नलिएको दाबी गरेको छ। विरामीलाई रेस्क्यू गर्ने नाममा विरामीबाट अग्रीम पैसा असुलेको आरोप लागिरहेका विहीबार ग्राण्डी अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेको हो।

ग्राण्डी अस्पपतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेद्वारी जारी विज्ञप्तिमा भनिएको छ, ‘दाङबाट ग्राण्डी अस्पताल आउनलाग्नु भएकी रुद्रा पुन भन्ने बिरामीबाट अस्पतालले पाँच पैसा पनि लिएको छैन । हामीले बिरामीलाई रेस्क्यु गर्ने टिम पठाएको र मौसमको खराबीका कारण बिरामीलाई रेस्क्युगर्न नसकेको र त्यसपछि लिन गएको हेलिकप्टर पोखरा बिमानस्थलमा अवतरण गरी बस्नुपरेको थियो । त्यस बेलाको होटल तथा खानाको खर्च अस्पतालले आफैंले ब्यहोरेको छ । त्यो खर्च पनि बिरामीबाट नलिएको कुरा अवगत गराउन चाहन्छौं। अब बिरामीलाई ठगी गरेको भन्ने जुन आरोप अस्पताललाई लागेको छ। यसमा अस्पतालको कोहि ब्यक्तिहरु संलग्न रहेका छन् भने र जुन अस्पतालको ज्ञान भन्दा बाहिरको कुरा छ भने त्यसको अस्पतालको स्वतन्त्र छानबिन कमिटिले छानबिन गर्नेछ। ‘

यस्तै अस्पतालले सघन उपचार तथा बिरामीका लागि देशका बिभिन्‍न स्थानबाट हेलिरेस्क्यु गर्दा पहिले बिरामीको अवस्थाको लेखाजोखा गरेपश्चात मेडिकल टिम पठाएर ति बिरामीहरुलाई अस्पतालमा लिएर आउने काम गर्दै आएको र पछि बिरामी अस्पतालमा आँउदाखेरी पहिले बिरामीले रुपैंया डिपोजिट गर्नु नपर्ने स्पष्ट गरेको छ। यसका साथै हेलिकप्टरका लागि चाहिने खर्च जे जस्तो छ त्यो चाँहि बिरामीले हेलिकप्टर कम्पनिलाई तिर्नुपर्ने अस्पतालले जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ ‘ हेलि रेस्क्युमा संयोजन गर्नका लागि अस्पतालको कुनै स्टाफलाई त्यो कामका लागि जिम्मेवारी दिइएको हुन्छ। त्यो स्टाफको काम बिरामी अस्पताल र हेलिकप्टर कम्पनिको बिचमा को अर्डिनेशन गर्ने काम रहन्छ ।तर, त्यो बिरामीको लागि लाग्ने जुन खर्चबर्च छ त्यो उठाउने अधिकार सो कर्मचारीलाई छैन। हेलिकप्टरका लागि चाहिने खर्च जे जस्तो छ त्यो चाँहि बिरामीले हेलिकप्टर कम्पनिलाई तिर्नुपर्ने हुन्छ।’

साउन ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्