हेमा मालिनिका फ्यान वाजपेयीले २५ पटक हेरेका थिए ‘सीता अाैर गीता’

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी पुरानो चलचित्रका शोखिन थिए। उनी टेलिभिजनमा आउने चलचित्रमध्ये पुरानो चलचित्र धेरै हेर्ने गथे। उनलाई पुराना हिन्दी चलचित्रमध्ये तीनओटा सबैभन्दा धेरै मन पथ्र्यो।

अभिनेता दिलिप कुरमा र बैजयन्तिमालाको सन् १९५५ मा आएको चलचित्र ‘देवदास’, सन् १९६३ मा अशोक कुमार, नूतन र धर्मेन्द्रको ‘बन्दिनी’ अनि सन् १९६६ मा राजकपूर र वहिदा रहमानको ‘तिसरी कसम’। उनी हलिउडको चलचित्र पनि हेर्ने गर्थे, ‘ब्रिज ओवर रिवर कवाई र बेर्न फ्रि और गान्धि’ धेरै मन पथ्र्यो।

वाजपेयीलाई दिलिप कुमार, सञ्जिव कुमार धेरै मन पथ्र्यो। अभिनेत्रीमा उनलाई नूतन, राखी गुलजार हेमा मालिनीका फ्यान थिए। उनले हेमा मालिनीको चलचित्र ‘सिता और गिता’ २५ पल्ट हेरेको बताइन्छ।

यस्तै उनलाई लता मंगेशकर मुकेश र मोहम्मद रफिको गीत सुन्न एकदम धेरै मन पथ्र्यो। ‘कभि कभि मेरे दिलमे खयाल आता हे’ उनले धेरै रुचाइएको गीत हो।

उनको बिहिबार ९३ वर्षको उमेरमा निधन भएको छ।

(दैनिक भास्कर)

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्