परिवारसहित मुम्बई पुगे निक जोनस, विवाहको आधिकारिक घोषणा हुन सक्ने

निक र प्रियंकाको सम्बन्ध चर्चाको शिखरमा छ । यो सम्बन्ध अब बिस्तारै विवाहतर्फ बढिरहेको छ ।  निकले यसअघि नै यस विषयमा चाहना प्रकट गरिसकेका छन् । दुवैको सम्बन्धमा गहिराई बढेको छ ।

निकको परिवार प्रियंकालाई भेट्न भारत आएको छ । निकसँग उनका  बुवा र आमा मुम्बई विमानस्थलमा देखिएका छन् । यसअघि निक र प्रियंकाको इंगेजमेन्ट भइसकेको छ ।

निकको परिवार पनि प्रियंकाले १८ अगष्ट २०१८ मा आयोजना गर्ने पार्टीमा शरीक हुनेछ । यो पार्टीलाई प्रियंका र निकको पोष्ट इंगेजमेन्ट पार्टीका रुपमा हेरिएको छ ।

यो पार्टीमा निक र प्रियंकाले आफूहरुको सम्बन्धको आधिकारिक घोषणा गर्ने अनुमान गरिएको छ । उनीहरुले २०१८ अक्टुबरमा विवाह गर्ने खबर सार्वजनिक भइरहेका छन् ।

श्रोतका अनुसार प्रियंका र निकको विवाहका लागि भित्रभित्रै तयारी तिब्र पारिएको छ ।

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्