डोनाल्ड ट्रम्पविरुद्ध श्रृंखलाबद्ध ‘सम्पादकीय आक्रमण’

राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी सञ्चारमाध्यमहरुले सम्पादकीय आक्रमण सुरु गरेका छन्। आफूहरुलाई अमेरिकी जनताको दुश्मन घोषणा गरेको भन्दै करीब ३ सय अमेरिकी सञ्चारमाध्यमहरु सम्पादकीय आक्रमणमार्फत ट्रम्पमाथि खनिएका हुन्।
सञ्चारमाध्यमहरुले सामाजिक सञ्जालमा इनिमीअफनन (हामी कसैका दुश्मन हैनौँ) ह्यासट्याग राखेर सम्पादकीय प्रकाशित गरेका छन्।
न्यूयोर्क टाइम्सले ‘अ फ्रि प्रेस नीड यु’ शीर्षकमा आफ्नो सम्पादकीय छापेको छ, जसमा भनिएको छ, ‘सन् २०१८ मा सरकारी अधिकारीहरुबाट गाडीले फ्याँकेको धुँवासरी समाचार मिडियाहरुको चर्को आलोचना गरिँदैछ। समाचार लेख्ने संवाददाता वा सम्पादक मानव हुन्। उनीहरुले पनि गल्ती गर्छन्। उनीहरुलाई सुधार्नु जरुरी हुन्छ। तर जहिले पनि मलाई सञ्चारमाध्यम मनै पर्दैन, सबै झुठा खबर दिन्छन् भन्नु लोकतान्त्रिक जीवन पद्धतिलाई नै खतरामा पार्नु हो। अझै पत्रकारलाई नै बोलाएर ‘जनताको शत्रु’ भन्नु झनै खतरनाक हो। किनकि पत्रकारिता जो कागजको माध्यमबाट राज्यको एउटा कुनाबाट समाचार प्रवाह गरिरहेका छन् जसलाई चरम आर्थिक संकटले सधैँ थिचिरहेको छ। सान लुइस ओबिस्पो ट्रिब्यूनमाथि ४६ घण्टासम्म रोक लगाइएको थियो र पत्रकारलाई जेलमा मानसिक विरामी कैदी बस्ने ठाउँमा बस्न बाध्य बनाइइएको थियो।’
यस्तै पत्रकार गेल कोलिन्सले सम्पादकीयको सुरुवात गर्दै लेखेका छन्,’म यही कुराले चिन्तित छु कि जब मेरो मृत्यु हुन्छ, तब श्रद्धाञ्जलीका बेला मलाई भनिनेछ कि कुनै समय यसलाई राष्ट्रपति ट्रम्पले ‘एउटा कुकुर’ भनिसकेका रहेछन्।’
यसअघि बोस्टन ग्लोब पत्रिकाले ट्रम्पविरुद्ध सम्पादकीय लेख्ने प्रस्ताव ल्याएको थियो जसमा न्यूयोर्क टाइम्स र अन्य पत्रिकाहरुले पनि समर्थन जनाएका थिए। ग्लोबका विचार सम्पादक मार्जोरीले करीब ३६० समाचार संगठनले यसप्रति ऐक्यवद्धता जनाइसकेको बताएका थिए।
Mr. President, read the hundreds of powerful editorials from around the country and learn the true meaning of a #FreePress pic.twitter.com/HVzklOdqpS
— marjorie pritchard (@marjoriepritch) August 16, 2018
यस्तै सेन्ट लुइस पोस्ट डिस्प्याचले संवाददाताहरुलाई ‘ सच्चा देशभक्त’ बन्नका लागि आह्वान गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उत्रिन आग्रह गरेका थियो। यस्तै द सिकागो सन् टाइम्स’ले डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई अनर्गल प्रचार र कुराकानी गरिरहेको भनेर बुझिसकेको सम्पादकीय मार्फत भनेको छ।
यस्तै एनसी अब्जर्भरका पत्रकार फ्याटेभिलले भनेका छन्, ‘ट्रम्प अब चुपचाप लाग्लान् भनेको त उनी झनै पो आक्रामक रुपमा प्रस्तुत हुन थाले। यसकारण हामी जनताका सत्रु होइनौँ भनेर सामूहिक रुपमा आवाज उठाइरहनु परेको छ। विचार र सम्पादकीयमार्फत।’
यस्तै नर्थ क्यारोलिनाले भनेको छ, ‘यसको साटो अब ट्रम्पका समर्थक जनताले हामी के गरिरहेका छौँ भनेर थाहा पाउनेछन्। किनकी उनीहरु पनि सञ्चार माध्यमहरुले झुटा समाचार लेखिरहेका छन् भनेर उल्टै अनर्गल प्रसार र हल्ला गर्दै आएका छन्।’ यस्तै अन्य थुप्रै पत्रपत्रिकाहरुले पनि अब राष्ट्रपति ट्रम्पलाई मज्जैसँग पाठ पढाउनु पर्ने बेला आएको बताएका छन्। त्यतिमात्रै होइन, अमेरिकी सञ्चारकर्मीले ह्वाइट ह्वाउसमा दिइँदै आएको रात्रिभोज समेत बहिस्कार गरेका छन्।
यसअघि राष्ट्रपति डोनाल्ड डम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत अमेरिकी सञ्चार माध्यमले झूटो समाचार सम्प्रेषण गरको साथै विपक्षी पार्टी बन्ने खोजेको आरोप लगाएका थिए। त्यतिमात्रै होइन उनले अब झूठा समाचार लेख्ने सञ्चारमाध्यमहरुलाई भन्दै ‘फेक अवार्ड’ दिने घोषणा गरेका थिए।
THE FAKE NEWS MEDIA IS THE OPPOSITION PARTY. It is very bad for our Great Country….BUT WE ARE WINNING!
— Donald J. Trump (@realDonaldTrump) August 16, 2018