वाजपेयीको निधनमा पूर्वराजा दुःखी

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले वाजपेयीको निधनमा नेपालले एउटा परम हितैसी मित्र र विश्वले एक सम्मानित राजनेता गुमाएको उल्लेख गरेका छन् ।

वाजपेयीको बिहिबार निधन भएको थियो । उनको शुक्रबार ४ बजे अन्तिम संस्कार हुँदैछ ।

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्