बाँस तान्‍ने क्रममा करेन्ट लाग्दा मजदुरको ज्‍यान गयो

महोत्तरी- महोत्तरीको औरहीरीमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ।

औरही नगरपालिका ९ मा छत ढलान गर्ने क्रममा बिजुलीको ११ हजार भोल्टको तारको करेन्ट लागेर सोही ठाउँका ४५ वर्षीय रागो मण्डलको ज्यान गएको हो।

स्थानीय विकाउ चौधरीको घरको छत ढलान हुदै गर्दा मण्डलले बाँस तान्‍ने क्रममा अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर छतबाट लडेका मृतक मण्डलको टाउकोमा गम्भीर चोट लागेसँगै तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ।

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्