आइसिटी क्षेत्रका ७ विधामा ९ पुरस्कार वितरण

यसवर्षको आइसिटी पायोनियर अवार्ड सञ्‍जीवराज भण्डारीलाई

काठमाडौं- प्रविधिमा सम्भावना र  उत्कृष्टताको खोजी भन्‍ने नाराका साथ यस वर्ष पनि प्रविधि क्षेत्रका सात विधामा ९ पुरस्कार प्रदान गरिएको छ। सूचना प्रविधि क्षेत्रमा समाचार, विचार र विश्‍लेषण गर्दै आएको आइटी म्यागेजिन लिभिङविथ आइसीटीले शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो।

म्‍यागेजिनले यसवर्ष आइसिटी पायोनियर अवार्ड मर्कन्टाइल प्रालिका संस्थापक एवं अध्‍यक्ष संजीवराज भण्डारीलाई प्रदान गरिएको छ। विगत ३ दशकदेखि नेपालमा पहिलो पटक इन्टरनेट भित्र्याउने कम्पनीको रुपमा मर्कन्टाइलमा स्थापना गरेर बैंक तथा वित्तीय सस्था, सरकारी कार्यालयलाई समेत इन्टरनेट सेवामा पहुँच दिएको भन्‍दै भण्डारीलाई आइसिटी पायोनियर अवार्ड प्रदान गरियो।

यस्तै आइसिटी नेपाली डायसपोरा अवार्ड लिभ फ्रगका संस्थापक हिमाल कर्माचार्यलाई प्रदान गरिएको छ। उनले अमेरिकामा रहेर नेपाल र नेपालीको लागि सफ्टवेयरको विकास गरेर सेवा गर्दान गर्दै आएका छन्।

यस्तै आइसिटी आइन्टरप्रेनर अवार्ड एफवान सफ्टका संस्थापक विश्‍वास ढकाललाई प्रदान गरिएको छ। जसले नेपालमा अनलाइन गेटवेको रुपमा इ-सेवा ल्‍याए। यसका साथै एफवान सफ्टमार्फत उच्च गुणस्तरको सफ्टवेयर सेवाहरु प्रदान गरी सबैभन्दा धेरै युवाहरुलाई प्रविधिको क्षेत्रमा रोजगारी प्रदान गरेका छन्।

यस्तै आइसिटी मिडिया रिकग्निशन अवार्ड नयाँ पत्रिकामा प्रविधि विटमा कार्यरत पत्रकार गोपाल साउद र नागरिक दैनिकमा कार्यरत पत्रकार सन्तोष न्‍यौपानेलाई प्रदान गरिएको छ।

यस्तै डिजिटल गभर्नेन्स आइसिटी अवार्ड यस पटक नेपाल प्रहरीलाई प्रदान गरिएको छ। नेपाल प्रहरीले आफ्‍नै डेटा सर्भर राखेर नागरिकका समस्या समाधान गर्दै आएको र विदेशबाट अनलायन मार्फत नै क्‍यारेक्टर बनाउन मिल्‍ने गरी सेवा दिइरहेको छ।

बेस्ट प्रडक्ट र स्टार्टअप विधातर्फ पिपुल डेभलेपमेन्ट ल्याब (पीडिएल)ले अवार्ड जितेको छ।प्रविधिको प्लाटफर्मबाट मानिसहरुलाई करिअर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्यांकन र परिभाषित गर्दै आएको छ।

 

भदौ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्