प्रधानमन्त्री ओलीले प्रदेश नं. २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

तस्बिर: बर्षा शाह

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश नं. २ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

सम्बोधनका लागि प्रधानमन्त्री ओली शनिबार बिहान जनकपुरधाम आउने प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि स्वागतद्वारको निर्माणका साथै प्रदेशसभामा विशेष तयारी गरेको छ ।

प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।

सो सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ साहले बताए ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्