बाजुरामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु

बाजुरा – वर्षापछि गएको पहिरोका कारण बाजुरामा एकजनाको ज्यान गएको छ ।

बुढीगंगा नगरपालिका–१ मल्काकुडीमा शुक्रबार राति पहिरोले घर पुर्दा ४५ वर्षकी कला करीको ज्यान गएको जानकारी आएको बाजुराका डिएसपी सागर बोहराले जानकारी दिए ।

पहिरोले नन्दे करीको घर पुर्दा उनकी श्रीमती कलाको घटनास्थलमै ज्यान गएको डिएसपी बोहराले जानकारी दिए ।

स्थानीय बासिन्दाले घटनाबारे शनिबार बिहान जानकारी गराएको र प्रहरी त्यसतर्फ लागेको उनले बताए । प्रहरी चौकी टाँटेबाट गएको टोली पुग्न तीन घण्टा लाग्छ । यस्तै जिल्लाबाट पनि टोली त्यसतर्फ लागेको डिएसपी बोहराले बताएका छन् ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्